मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन, २ लाख ९४ हजार मतदाता – Nepal Press

मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन, २ लाख ९४ हजार मतदाता

हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा ३२ सय जना सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३२ सय सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्लाको १० वटै स्थानीय तहमा सुरक्षाकर्मीले काम सुरु गरिसकेको बताउँदै निर्वाचनलाई भयरहीत बनाउनका लागि आफूहरु दिनरात नभनी लागिपरेको बताए । मकवानपुरमा रहेको १९ वटा अतिसंवेदनशिल मतदानस्थललाई विशेष ध्यानमा राखिएको उनले बताए ।

शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगका अनुसार २९ वैसाख २०७९ सम्ममा मकवानपुरमा १८ वर्ष पूरा भएका १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन्।

१० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा छन् भने सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा छन् । हेटौंडामा १ लाख ४ हजार ४७३ जना र इन्द्रसरोबरमा १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन्।

थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना,बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना,बागमती गाउँपालिकामा २२ हजार ४० जना, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना,मनहरी गाउँपालिकामा २६ हजार ७ सय २१ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना,राक्सिराङमा १५ हजार ८ ३२ जना,कैलाश गाउँपालिकामा १४ हजार ५ सय ८६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको लागि मकवानपुरमा १ सय ६५ र मतदान केन्द्र ३५६ रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए । उनले मतदान स्थल र केन्द्रको लागि आजबाट निर्वाचन साम्रगी पठाउन सुरु गरेको र भोलिसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृत आफ्नो क्षेत्रमा पुग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर