टस जितेर जिम्बावे ए विरूद्ध फिल्डिङ गर्दै नेपाल, ३३ ओभरमात्रै खेलाइने – Nepal Press

टस जितेर जिम्बावे ए विरूद्ध फिल्डिङ गर्दै नेपाल, ३३ ओभरमात्रै खेलाइने

काठमाडौं । जिम्बावे ए विरुद्ध एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । चिसो मैदानका कारण समयमा टस नहुँदा खेल ३३ ओभरमा झारिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टिममा दुई परिवर्तन गरेको छ । किशाेर महत्तो र बासिर अमेदलाई टोलीमा समेट्दै नेपालले आरिफ शेख र सागर ढकाललाई प्लेइङ ११ बाट बाहिर राखेको छ ।

नेपालले जिम्बावे ए विरुद्धको पहिलो खेलमा तीन विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा जिम्बावे ए लाई ९ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, किशाेर महत्तो, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सुनिल धमला, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी र बासिर अहमद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर