एनसीसी बैंकले गर्‍याे वित्तीय साक्षरता कार्यक्रम – Nepal Press

एनसीसी बैंकले गर्‍याे वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । एनसीसीको चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

चौतारा साँगाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्धि गणेश माध्यमिक विद्यालय परिसरमा बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिनेबारे जानकारी गराइएको थियो । बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैंकका भूपू कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले आफ्नो प्रस्तुतिमार्फत प्रस्ट परेका थिए ।

सय जना बढी उपस्थित रहेको साक्षरता कार्यक्रममा महिलाहरुकाे उल्लेख्य सहभागिता थियाे । सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, बीमा, सेयरलगायत थुप्रै विषयमा जानकारी दिएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्दै  बैंकका प्रबन्धक गिरीले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराए ।

एनसीसी बैंकले १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथ सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर