सुन्दरहरैंचामा कांग्रेस उम्मेदवारको प्रचार गर्दै विद्यालय – Nepal Press

सुन्दरहरैंचामा कांग्रेस उम्मेदवारको प्रचार गर्दै विद्यालय

विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको प्रचारमा विद्यालयदेखि विभिन्न सामाजिक संघ संस्था प्रयोग भएको पाइएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयले मेयरका उम्मेदवार शिवप्रसाद ढकाल र कांग्रेसको चुनाव चिह्नको फोटो राखेरै आफ्नो फेसबुक पेजमार्फत प्रचार गरिरहेको छ ।

गठबन्धनका तर्फबाट सुन्दरहरैँचा नागरपालिकाको मेयरका उम्मेदवार शिवप्रसाद ढकालले अघिल्लो कार्यकालभन्दा ५ गुणा बढी विकास गर्ने भन्दै विद्यालयले खुलेआम प्रचार गरेको हो । जुन निर्वाचन आचारसंहित विपरीत हो ।

उम्मेदवार ढकाल २०७४ सालको निर्वाचनमा सुन्दरहरैँचा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । पुनः मेयर बन्न उनी दोस्रोपटक चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईं उपमेयरका उम्मेदवार छन् । गठबन्धनको प्रतिस्पर्धी एमालेले मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस मोरङका सचिव ललित श्रेष्ठले पार्टीका तर्फबाट कतै पनि आचारसंहिताको उल्लंघन नभएको बताए । ‘आचारसंहिता पालनाका विषयमा कांग्रेस गम्भीर छ । कोही कसैले पनि नियमको उल्लंघन गर्न मिल्दैन,’ उनले भने, ‘कतै त्यस्तो भएको रहेछ भने हामी सचेत गराउछौँ । इच्छाविपरीत राखिएका झण्डा तत्काल हटाउछौँ ।’ श्रेष्ठले अहिलेसम्म कतैबाट पनि आचारसंहिता उल्लंघनको जानकारी पार्टीमा नआएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर