पोखरामा गठबन्धनको घरदैलो अभियान, यस्तो छ समय तालिका – Nepal Press

पोखरामा गठबन्धनको घरदैलो अभियान, यस्तो छ समय तालिका

काठमाडौं । पोखरा महानगरपालिकामा सत्तागठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ । निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा गठबन्धनले चुनावीसभा तथा घरदैलो अभियानलाई तीव्र बनाएको हो ।

वैशाख २४ गतेदेखि सुरु भएको घरदैलो अभियान दुई दिनमा ९ वटा वडामा सम्पन्न भएको र अन्य वडाहरुमा जारी रहेको पोखरा गठबन्धनले जनाएको छ ।

गठबन्धनले २६ गते वडा नम्बर ४, २६, २७, ३०, ३२ मा घरदैलो गर्दैछ । चुनाव प्रचारको अन्तिम दिन अर्थात २७ गते वडा नम्बर २०, १३ र १४ मा चुनावीसभा तथा घरदैलो अभियान सञ्चालन गरिने पोखरा चुनावी गठबन्धनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर