डिभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेर्नुस् – Nepal Press

डिभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेर्नुस्

काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२३ को नतिजा सार्वजनिक गरेको छ ।

शनिवार राती नतिजा प्रकाशित गरिएको हो । यसअघि २०२१ अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म इलेक्ट्रोनिक आवेदन लिइएको थियो ।

डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ ।

संयुक्त राज्य अमेरिकाले वार्षिक ५० हजार मानिसलाई डिभी लट्रीमार्फत आफ्नो देशमा भित्र्याउने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *