नेपालमा दोस्रोपटक गोताखोर तालिम, सशस्त्रका २० जवान सहभागी – Nepal Press

नेपालमा दोस्रोपटक गोताखोर तालिम, सशस्त्रका २० जवान सहभागी

काठमाडौं । पानीभित्र गहिरोसम्म गएर उद्धार गर्ने गोताखोरको नेपालमा दोस्रोपटक तालिम सुरु भएको छ। सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा सुरु भएको तालिममा सशस्त्र प्रहरीका २० जना जवानहरु सहभागी छन्। तालिमको अवधि ५ हप्ता रहने छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा (डिप वाटर डाइभिङ ट्रेनिङ) सुरु भएको हो।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कोशी नदी, फेवाताल, कुलेखानीलगायत फरक फरक भौगोलिक स्थान तथा वातावरणमा प्रशिक्षण दिइने विद्यालयका निमित्त प्रमुख अन्जनीकुमार पोखरेलले जानकारी दिए।

यसअघि २०६९ बैशाख ३१ देखि असार १४ गतेसम्म सशस्त्र प्रहरीका २५ जना कर्मचारीले यूएनडिपीको सहयोगमा बंगलादेशमा गएर गोताखोर तालिम लिएका थिए। त्यसअघि नेपालका गोताखोरहरु थिएनन्। बंगलादेशमा प्रशिक्षण लिएर फर्किएका गोताखोरले २०७६ असोज ९ देखि कात्तिक २६ गतेसम्म १९ जना शसस्त्र प्रहरीलाई प्रशिक्षण दिएका थिए।

नेपालमा हालसम्म सशस्त्र प्रहरीको गोताखोरले ८ सय २ जनाको जिवित्तै उद्धार गरेको छ भने ३ सय ५ जनाको शव निकालेको छ। विपद् प्रतिकार्यमा हरेक प्रदेशमा १० गोताखोरसहितको टोली परिचालन गर्ने योजना सशस्त्र प्रहरी प्रधान कार्यालयको रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *