भोट माग्न आउनेलाई प्रसाद खुवाएर बेहोस बनाएपछि सचेत रहन प्रहरीले गर्‍यो अपिल – Nepal Press

भोट माग्न आउनेलाई प्रसाद खुवाएर बेहोस बनाएपछि सचेत रहन प्रहरीले गर्‍यो अपिल

काठमाडौं । स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो गर्न आउने उम्मेदवारलाई प्रसाद र सगुनका नाममा खुवाएर बेहोस बनाउने गतिविधि भएको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना निकालेको छ ।

अपरिचित व्यक्ति तथा समूह सक्रिय रहेको पाइएको प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसबाट सचेत रहन र त्यस्तो सूचना भए जानकारी दिन प्रहरी प्रधान कार्यालयको अपिल छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहनुपर्ने बताएका छन् ।

घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि जिल्लाको हरिवन नगरपालिकामा माओवादीका ७ उम्मेदवार बिरामी परेका थिए । षडयन्त्रपूर्वक मिठाइमा विष राखिएको माओवादीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *