सकेट बम डिस्पोज गर्न जाँदा सेनाले भेट्यो अर्को शक्तिशाली बम – Nepal Press

सकेट बम डिस्पोज गर्न जाँदा सेनाले भेट्यो अर्को शक्तिशाली बम

सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा नं. ६ रोलमा अर्को बम फेला परेको छ ।

केटाकेटीले बारीमा तार देखेर तार खोज्दै जाँदा बम फेला पारेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि नेपाली सेनाको कालीदत्त गुल्म दैलेखको टोली कर्णालीमा बसिरहेको अवस्थामा प्रहरी जानकारी गराएपछि नेपाली सेनाको टोलीले सकेट बम निष्क्रिय गराएको थियो ।

बम डिस्पोज गर्नकालागि सामाग्री ल्याउन राकम कर्णालीमा पठाइएको क्याप्टेन कौशल थापाले बताए ।

यो कति क्षमता को हो छुट्याउन नसक्ने अवस्था रहेको उनले बताए ।

उनले भने, ‘टु इन्च मोर्टारमा लाग्ने बम हो कि भन्ने लागेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर