भरतपुरमा जथाभावी शिलान्यास मात्रै भयो, मैले जिते व्यवस्थित विकास गर्छु : सुवेदी – Nepal Press

भरतपुरमा जथाभावी शिलान्यास मात्रै भयो, मैले जिते व्यवस्थित विकास गर्छु : सुवेदी

भरतपुर । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार विजय सुवेदीले भरतपुरमा बितेको ५ वर्षमा जथाभावी शिलान्यास मात्रै गरिएको आरोप लगाएका छन् ।

क्याम्पाचौरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सुवेदीले बितेको ५ वर्षमा व्यवस्थित विकास गर्नबाट महानगरको नेतृत्व चुकेको बताए ।

उनले विभिन्न आयोजनाहरू शिलान्यास गरिएको तर सम्पन्न हुने सुनिश्चितता नभएको बताए । ‘जताततै शिलान्यास मात्रै भएको छ । उहाँले शिलान्यास गरेका योजना पूरा भएका छैनन् । व्यवस्थित विकासको पहल भएको छैन’, सुवेदीले भने ।

भरतपुरमा आफ्नो नेतृत्व आए व्यवस्थित, समृद्ध र जनतालाई सेवा दिने महानगर बनाउने प्रतिबद्धतासमेत सुवेदीले व्यक्त गरे । भरतपुर महानगरभित्र भित्री र बाहिरी गरेर २ वटा चक्रपथ निर्माण गर्ने योजना सुवेदीले सुनाए । भरतपुरलाई मानवीय सहर बनाउने र हरेक वडामा हेल्प डेस्क राखेर जनतालाई सुविधा दिने सुवेदीले उद्घोष गरे ।

आफ्नो मन्तव्यमा राजनीतिक आरोप-प्रत्यारोप नगरेका सुवेदीले आफ्ना योजनाहरू सुनाएका थिए । राप्ती र नरायणी नदीमा तटबन्ध बनाएर ४ लेनको सडक बनाउने उद्घोष सुवेदीले गरे ।

उनले भरतपुरलाई माग्ने होइन अरुलाई पनि दिनसक्ने महानगर बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर