भारत कोभिड १९ बढ्दाे, एकैदिन ४० को मृत्यु – Nepal Press

भारत कोभिड १९ बढ्दाे, एकैदिन ४० को मृत्यु

काठमाडाैं । भारतकाे दिल्ली र महाराष्ट्रमा कोभिड १९ का केस बढिरहेका छन् । जसले भारतमा चिन्ता बढाएको छ । भारतमा शनिबार ३८०५ नयाँ संक्रमित दर्ता भएको थियो । आइतबार भने केही गिरावट आएको छ।

पछिल्लो २४ घण्टामा ३,४५१ नयाँ संक्रमित (शनिबारको तुलनामा ९ प्रतिशत कम) दर्ता भएकाे छ । यससँगै भारतमा हालसम्म संक्रमितकाे कूल संख्या ४ कराेड ३१ लाख २ हजार १९४ पुगेको छ । पछिल्लाे २४ घन्टामा भारतमा ४० संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै भारतकाे संक्रमणाका कारण मर्नेहरुकाे कूल संख्या ५ लाख २४ हजार ६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार मृत्यु हुने ४० जनामध्ये ३५ जना केरलाका हुन् ।

नेपालमा भने थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९०५ पीसीआर परीक्षण गरिएकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै एक हजार १०५ एन्टिजेन परीक्षण गरिएका कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरानोका कारण आइतबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लाे २४ घन्टामा २१ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म ९ लाख ६६ हजार ७८९ जना निको भएका छन् । हाल नेपालमा २०१ जना सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर