संसदको बजेट अधिवेशन बोलाउन सरकारले गर्‍यो सिफारिस – Nepal Press

संसदको बजेट अधिवेशन बोलाउन सरकारले गर्‍यो सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्नेगरी संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्नेछ । संसद सचिवालय स्रोतका अनुसार जेठ ४ गते पूर्वबजेट छलफल गरी जेठ ७ गते संघीय संसदको बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेगरी तयारी अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर