सत्ता गठबन्धनका शीर्ष नेताहरू धनगढी आउँदै, देउवा आज र दाहाल भोलि पुग्ने – Nepal Press

सत्ता गठबन्धनका शीर्ष नेताहरू धनगढी आउँदै, देउवा आज र दाहाल भोलि पुग्ने

धनगढी । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन् ।

भोलि धनगढीमा आयोजना हुन लागेको बृहत् चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा धनगढी आउन लागेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

आज कैलाली पुगेर उनी धनगढीमा बस्ने छन् । सोमबार धनगढीको भेलालाई सम्बोधन गरे लगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ।

प्रचण्ड भोलि पुग्ने

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भोलि धनगढी पुग्ने भएको छन् । कैलारी गाउँपालिकाको चुनावी सम्बोधन गर्न उनी बिहानै धनगढी पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि ज्ञवालीले जानकारी दिए ।

बिहान ९ बजे कैलारी गाउँपालिकाको कार्यक्रम सम्पन्न गरे लगत्तै धनगढीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कैलालीको कार्यक्रम सम्पन्न भए लगत्तै प्रचण्ड कञ्चनपुर जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर