सुरेन्द्र पाण्डेको दाबी- देउवा र प्रचण्डको चाउरे पिरती केही दिनमै टुट्छ, यसपालि मतपत्र च्यात्ने नसोचे हुन्छ – Nepal Press

सुरेन्द्र पाण्डेको दाबी- देउवा र प्रचण्डको चाउरे पिरती केही दिनमै टुट्छ, यसपालि मतपत्र च्यात्ने नसोचे हुन्छ

ओलीले १४ महिनालाई जम्मा गरेको ढुकुटी देउवाको गठबन्धनले ६ महिनामै टाट पल्टायो

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले केपी ओलीले १४ महिनालाई पुग्ने विदेशी मुद्रा सन्चिती छाडेर हिँडेकोमा गठबन्धन सरकारले ६ महिनामै टाट उल्ट्याएको आरोप लगाएका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले केपी ओलीले जम्मा गरेको ढुकुटी सिध्याउने शेरवहादुर देउवा र उनका गठबन्धनकारीले एमालेमाथि औंला उठाउँने हक समेत नरहेको दाबी गरे ।

पाण्डेले देउवा र प्रचण्डको नक्कली माया पिरती केही दिनमै टुट्ने दाबी समेत गरे ।

पाण्डेले भने– अस्ति यहाँ भरतपुरमा आएर देउवाजीले रेनु दाहाललाई मैले उठाएको हो,प्रचण्डजीले होइन भन्नुभएछ । देउवाजी तपाईको यो प्रेम ज्यादै छोटो छ । यो कमजोर प्रेम धेरै परसम्म जाँदैन । नक्कली माया पिरती, चाउरे पिरती केही दिनमै टुट्नेवाला छ ।

नेता पाण्डेले अघिल्लो चुनावमा मतपत्र च्यातेर जितेजस्तो यसपटक हुन नदिने समेत बताए ।

पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले कांग्रेसले जितेका नगरपालिकालाई मात्र पैसा पठाउने भनी दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै आरजुलाई अहिले पनि राणा शासन नै छ भन्ने भ्रम परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर