धर्मश्री आयोजक नेपाल व्यायाम मन्दिर विवादमा, आफ्नालाई जिताउन मनोमानी गरेको आरोप – Nepal Press

धर्मश्री आयोजक नेपाल व्यायाम मन्दिर विवादमा, आफ्नालाई जिताउन मनोमानी गरेको आरोप

काठमाडौं । १० लाख रुपैयाँ उपाधि राशिको धर्म श्री शारीरिक सुगठन प्रतियोगिताको आयोजक नेपाल व्यायाम मन्दिर फेरी विवादमा तानिएको छ ।

१६ औँ धर्मश्रीका क्रममा आयोजना गरिएको मेन्स फिजिक र वुमन्स फिजिकका क्रममा मनोमानी गरिएको खेलाडीहरूले आइतबार पत्रकार सम्मेलन गरी गुनासो गरेका छन् ।

आयोजकले खेलाडीप्रति अपहेलित व्यवहार गरेको, आफ्नै व्यायामशालाका खेलाडीलाई विजेता बनाउन प्रयास गरेको, निर्णायक मण्डलको अपारदर्शी निर्णयमा सहमति जनाएको, निर्णायक मण्डलकै निर्णय पनि हेरफेर गरेको खेलाडीहरूको दाबी छ ।

शुक्रवार र शनिवार काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितामा मेन्स फिजिकतर्फ आश्वत स्थापित र महिलातर्फ जासमिन लामा विजेता घोषित भएका थिए ।

नेपाल व्यायाम मन्दिरले फिजिकतर्फ पहिलो पटक प्रतियोगिता गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *