निर्वाचनकाे दिन नियमित उडान नहुने, यतीले उद्धार उडान गर्ने – Nepal Press

निर्वाचनकाे दिन नियमित उडान नहुने, यतीले उद्धार उडान गर्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत मतदानका दिन वैशाख ३० मा मानवीय उद्धार तथा अनुमतिप्राप्त चार्टर उडान मात्र हुने भएका छन् ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ वमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान वाहेक स्थानीय तह निर्वाचन हुने दिनमा सवै वायुसेवाहरुको नियमित आन्तरिक उडानहरू बन्द रहने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

संघको निर्णय अनुसार नै यती एअरलाइन्सको पनि मानवीय उद्धार तथा अनुमति प्राप्त चार्टर उडान बाहेकका नियमित उडानहरु बन्द रहनेछ ।

साथै उक्त दिन तारा एअरले दुर्गममा गर्दै आएको खाद्यान्न ढुवानी तथा पर्यटकहरुको लागि मात्र गर्ने चार्टर उडानहरु यथावत रहने छ्न् । निर्वाचनको दिन सबै प्रकारका यातायात समेत बन्द हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर