भोजपुरमा एमाले उम्मेदवारमाथि खुकुरी प्रहार – Nepal Press

भोजपुरमा एमाले उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमालेबाट महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार गरिएको छ ।

गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।

प्रहरीका अनुसार तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको छ । घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीको भनाइ छ । उपचारपश्चात घाइते तामाङको स्वास्थ्य अहिले सामान्य छ ।

यसैबीच षडानन्द नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर तामाङमाथिको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले निर्वाचन प्रभावित पार्न कुनै अनैतिक घटना हुन नदिन आव्हान गर्दै संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर