२० लाख नयाँ मतदातालाई ओलीको आह्वान- जीवनकै पहिलो मतदान सूर्य चिन्हमा गरौं – Nepal Press

२० लाख नयाँ मतदातालाई ओलीको आह्वान- जीवनकै पहिलो मतदान सूर्य चिन्हमा गरौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनमा पहिलोपटक मतदान गर्न लागेका २० लाख नयाँ मतदातालाई सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।

ओलीले जनतालाई गरेको ६७ बुँदे अपिलमा कांग्रेसलाई मत दिने मनस्थितिमा रहेका र पहिलोपटक मतदाता सूचीमा समेटिएकाहरुलाई अलग्गै सम्बोधन गरेका हुन् ।

नयाँ मतदातालाई ओलीले भनेका छन्, ‘नयाँ मतदाताहरूलाई म आग्रह गर्न चाहन्छु, हामी तपाईंहरूको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन दिने छैनौं । तपाईंहरूको क्षमता विकास गरी तपाईंहरूलाई अद्वितीय उपलब्धि हासिल गर्न सक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ । तसर्थ, आउनुहोस् जीवनको पहिलो मतदान सूर्य चिन्हमा गरौं र विकासको नयाँ युगमा प्रवेश गरौं ।’

ओलीले कांग्रेसलाई मतदान गर्ने धारणा बनाएका मतदातालाई समेत यसपटक नेपालको विकासका लागि र जीवनमा सुख समृद्धि ल्याउन तथा सन्ततिको स्वर्णिम भविष्यका लागि निर्धक्क भएर सूर्यमा मतदान गर्न अपिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर