युनियन लाइफ इन्स्योरेन्सको सञ्चालक समिति निर्विराेध चयन – Nepal Press

युनियन लाइफ इन्स्योरेन्सको सञ्चालक समिति निर्विराेध चयन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा भैरहवामा सम्पन्न गरेको छ । सभाले कम्पनीको नयाँ सञ्चालक चयन गरेको छ । संस्थापक समूहतर्फ शुलभ अग्रवाल, सन्दीपकुमार अग्रवाल, जीवनकुमार अग्रवाल, सीमा गोल्छा र सर्वसाधारण समूहतर्फ सीताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन भएका छन् ।

यसैगरी सो साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षकको नियुक्ति सर्वसम्मत रुपमा गरेको छ । सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति भएको विषयलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्ता पूँजी पुर्‍याउन अन्य जीवन बीमा कम्पनीबीच एकपसमा मर्ज हुने (गाभ्ने/गाभिने, प्राप्ति गर्ने एक्विजिशनण गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर