एमालेको विपक्षमा मतदान गर्न गठबन्धन पक्षधर पत्रकारहरुको आह्वान – Nepal Press

एमालेको विपक्षमा मतदान गर्न गठबन्धन पक्षधर पत्रकारहरुको आह्वान

देश द्वन्द्वमा फस्ने चेतावनी दिँदै पाँच पत्रकार संगठनले मागे गठबन्धनका उम्मेदवारको पक्षमा भोट

काठमाडौं । सत्ता गठबन्धन निकट विभिन्न पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन उम्मेदवारका पक्षमा मत मागेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सानो भूलले फेरि देश द्वन्द्व र अस्थिरताको भुमरी जान सक्ने चेतावनी दिँदै संगठनहरुले गठबन्धनको पक्षमा मत मागेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने ? तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउने हामी अपिल गर्दछौँ ।’

विज्ञप्तिमा प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलको हस्ताक्षर छ ।


प्रतिक्रिया

One thought on “एमालेको विपक्षमा मतदान गर्न गठबन्धन पक्षधर पत्रकारहरुको आह्वान

  1. तिमी चाेर दलाल दलरेहरुकाे यहि बाेल्न मात्र बाँकि थियाे???याे प्रेस लाई आचार संहिता लागू हुँदैन???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर