११ रोप फिक्सर पुगे सगरमाथा चुचुरोमा, सुरु भयो यो वर्षको आरोहण सिजन – Nepal Press

११ रोप फिक्सर पुगे सगरमाथा चुचुरोमा, सुरु भयो यो वर्षको आरोहण सिजन

इटहरी । आज साँझ ६:५५ मा ११ रोप फिक्सरहरु सगरमाथाको चुचुरोमा पुगेका छन् ।

आम आरोहीले समाउने डोरी बाँधेर सगरमाथा आरोहणको वातावरण तयार गर्न रोप फिक्सर सगरमाथा चुचुरोसम्म पुगेर रोप फिक्स गरेपछि मात्रै आरोहण सुरु हुन्छ ।

एक्पिडिसन अपरेटर्स अब नेपालको व्यवस्थापनबाट सेभेन समिट ट्रेक्सका ११ जनाले रोप फिक्स गरेका थिए ।

सेभेन समिटका अध्यक्ष तथा सबै आठ हजार मिटरमाथिका हिमाल चढ्ने प्रथम दक्षिण एसियाली आरोही मिङ्मा शेर्पाका अनुसार २६ पटक सगरमाथा चुचुरो पुगेको रेकर्ड बनाएका कामिरिता शेर्पा नेतृत्वमा ११ रोप फिक्सर सगरमाथा चुचुरो पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर