सत्ता गठबन्धनको सभाअघि जनकपुरमा ‘रोड शो’, गाडीमा उभिएर प्रचण्ड र यादवकाे अभिवादन (फोटो फिचर) – Nepal Press

सत्ता गठबन्धनको सभाअघि जनकपुरमा ‘रोड शो’, गाडीमा उभिएर प्रचण्ड र यादवकाे अभिवादन (फोटो फिचर)

जनकपुर । जनकपुरमा शनिबार सत्तारूढ पाँचदलीय गठबन्धनको चुनावी सभा हुँदै छ ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादव जनकपुर पुगिसकेका छन् । प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत त्यहाँ पुग्नेछन् ।

सभाअघि सत्ता गठबन्धनले जनकपुरमा ‘रोड शो’ गरेको छ । जसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष यादव र नेता जीतेन्द्र देव एउटै गाडीमा बसेर यात्रा गरेका छन् ।

रोड शो सकिएपछि चुनावी सभा हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर