धनुषा बटेश्वरका जसपा उम्मेदवारद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन – Nepal Press

धनुषा बटेश्वरका जसपा उम्मेदवारद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

जसपाका उम्मेदवार राम किशोर महतोले गठबन्धन दलको केन्द्रीय रणनीति अनुसार आफूले चुनाव जित्न नसक्ने भएपछि कांग्रेस उम्मेदवार रामआशिष यादवलाई समर्थन गरेका हुन् ।

उनले एक्लै जसपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

गठबन्धन गरेर आफूलाई समर्थन जुटाउन असमर्थ भएपछि उनले आज बटेश्वर आयोजित एक कार्यक्रम बीच कांग्रेस उम्मेदवारलाई समर्थन रहेको घोषणा गरेका छन् ।

उनले गठबन्धन भित्रकै बलियो दलका उम्मेदवारलाई आफूले समर्थन गरेर जीत सुनिश्चित गराएको दाबी गरे ।

बटेश्वरमा अब कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर