सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै – Nepal Press

सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर आउने भएको छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्बोधन गर्न विराटनगर आउन लागेका हुन् ।

एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विहान १० बजेको उडानबाट विरानटगर आउने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुनसरीबाट विराटनगरमा आउने ओलीले यहाँस्थित जैनभवनमा आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली विराटनगरको भेलालाई सम्बोधन गरी मोरङकै सुन्दरहरैचामा हुने कार्यक्रमलाई सम्बोधन गर्न जानेछन् ।

ढकालका अनुसार छुट्टाछुट्टै चार स्थानमा चुनावी सभालाई सम्बोधन गरी आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

One thought on “सुनसरी र मोरङमा एकैदिन चारवटा आमसभालाई सम्बोधन गर्न ओली विराटनगर आउँदै

  1. एउटा वृद्व मान्छे, धेरै राेगकाे उपचार गराईरहनुपर्ने मान्छे देश बनाउने दृढ संकल्प सहित यति धेरै खटेकाे देख्दा आँखाबाट आँसु आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर