पुनरागमन जितसहित इन्टर मिलान शीर्षस्थानमा – Nepal Press

पुनरागमन जितसहित इन्टर मिलान शीर्षस्थानमा

काठमाडौं । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा इम्पोलीलाई ४-२ अन्तरले पराजित गरेको छ । शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ ।

इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे ।

जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर