एनभीए क्लब भलिब लिग: सत प्रतिशत जित सहित आर्मी शिर्ष स्थानमा – Nepal Press

एनभीए क्लब भलिब लिग: सत प्रतिशत जित सहित आर्मी शिर्ष स्थानमा

काठमाडौं । नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा त्रिभुवन आर्मी क्लबले शुक्रबार पाँचौ जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा आर्मीले विभागिय प्रतिद्वन्द्वी पुलिसमाथि १७–२५, २५–२०, ३०–२८ र २५–२३ को सेटमा जित निकाल्यो ।

प्रतियोगितामा सतप्रतिशत जित निकालेको आर्मीले पाँच खेलबाट १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको पुलिसको ९ अंक छ ।

यसअघि भएको पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हरायो ।

प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको हेल्प नेपालको १४ अंक छ । हेल्प नेपालले प्रतियोगिताको तेस्रो दिन गण्डकी प्रदेशसँग ३–२ को सेटमा जित निकाल्दै एक अंक बाँडेको थियो । जसका कारण हेल्प नेपाल आर्मीभन्दा एक अंकले पछि छ ।

लिगको अन्तिम प्रतियोगिता शनिबार २ बजे पुरुष तर्फ आर्मी र हेल्प नेपाल बिच उपाधीका लागि हुने छ । आर्मीलाई पछ्याई रहेको हेल्प नेपालले जित निकालेको खण्डमा १७ अंकका साथ उपाधी जित्ने छ भने ३–२ को जित निकालेको खण्डमा दुवै टोलीको समान १६ अंक हुने भएकोले हेड टु हेड अथवा प्राप्त स्कोरको आधारमा उपाधीको टुङ्गो लाग्ने छ ।

यस्तै, पुरुषतर्फको अन्तिम खेलमा एपिएफ क्लबले ढोरपाटन स्पोर्टस क्लबमाथि २५–१३, २५–१५ र २५–१४ को सेटमा जित निकाल्यो ।

प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ सात टिमको सहभागिता थियो । प्रतियोगितामा सहभागी टिममध्ये बढी अंक प्राप्त गर्ने टोलीले उपाधि जित्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर