दक्षिणपन्थी विचारको नेतृत्व एमालेले गरेको माधव नेपालको टिप्पणी (भिडिओ) – Nepal Press

दक्षिणपन्थी विचारको नेतृत्व एमालेले गरेको माधव नेपालको टिप्पणी (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले दक्षिणपन्थी विचारको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन् ।

सत्तारुढ गठबन्धनले शान्तिवाटिकामा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ५ दलीय गठबन्धन परिवर्तन पक्षधरको भएको बताए ।

‘एमालेले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ । केपी ओलीले राजावादी, दक्षिणपन्थी, परिवर्तनविरोधी, संविधानविरोधीहरूसँग गठबन्धन गरेका छन् । प्राप्त उपलब्धीको रक्षा गर्ने ,संविधान जोगाउने , समाजवाद र सुशासनको पक्षमा रहेकाहरु, गणतन्त्रका हिमायतीहरु यो गठबन्धनमा छौं’, नेपालले भने ।

मुलुकमा रहेका २ गठबन्धनमध्ये कुन रोज्ने भन्ने निर्णय जनताले वैशाख ३० मा गर्नुपर्ने नेपालले बताए ।

नेपालको राजनीतिमा दम्भ देखाउनेहरू ओरालो लाग्ने क्रम सुरू भएको भन्दै अध्यक्ष नेपालले दम्भ गर्नेहरूलाई जनताले तह लगाउने बताए ।

‘गफैगफले जनतालाई अल्मल्याउन सकिन्छ भनेर कसै कसैले सोचेका होलान् तर जनता गफाडीको गफमा भुल्दैनन्’, नेपालले भने ।

गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै नेपालले विपक्षी उम्मेदवारहरूको गतिविधि ठीक नभएको बताए । काठमाडौं महानगरलाई व्यवस्थित सहर र संस्कृतिको संरक्षणका लागि गठबन्धनका उम्मेदवारहरुको जित अत्यावश्यक रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर