गठबन्धन सभा : मञ्चमा नेताहरूको साउती (तस्बिरहरू) – Nepal Press

गठबन्धन सभा : मञ्चमा नेताहरूको साउती (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा अहिले सत्ता गठबन्धन दलको संयुक्त चुनावी सभा भइरहेको छ ।

सभालाई सम्बोधन गर्न पाँचै दलका शीर्ष नेताहरू सहभागी छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठलाई जिताउन आव्हान गर्दै गठबन्धनले सभा गरेको हो ।

आमसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका राजेन्द्र श्रेष्ठ, जनमोर्चाका चित्रबहादुर केसीलगायतले सम्बोधन गर्नेछन् ।

मञ्चमा बसेका शीर्ष नेताहरूको केही तस्बिर हेरौं :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर