एसियन गेम्स २०२३ सम्मका लागि स्थगित – Nepal Press

एसियन गेम्स २०२३ सम्मका लागि स्थगित

काठमाडौं । चिनको होङजावोमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने भनिएको एसियन गेम्स २०२२ स्थगित भएको छ ।

शुक्रबार ओलम्पिक परिषद एसियाले २०२३ सम्मका लागि एसियन गेम्स स्थगित भएको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

एसियाडका लागि नयाँ मिति पछि तय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । शुक्रबार ओलम्पिक परिषद एसियाले तास्कन्दमा बसेको कार्यसमितीको बैठकले सो निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर