तीन दिन नेपाल भारत सीमा नाका बन्द हुने, २७ गतेबाट मदिरा बिक्री रोक – Nepal Press

तीन दिन नेपाल भारत सीमा नाका बन्द हुने, २७ गतेबाट मदिरा बिक्री रोक

काठमाडौं । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेबाट सीमा नाका बन्द गर्ने भएको छ ।

वैशाख २७ गते मतदानसम्म नभएसम्मका लागि नेपाल भारत सीमा नाका बन्द हुने भएका हुन् ।

यस्तै, वैशाख २७ गते राति १२ बजेदेखि नै मतदान सम्पन्न नहुँदासम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा निषेध गर्न आयोगले गृह मन्त्रालयलाई भनेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले यो निर्णय स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर