पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते – Nepal Press

पाल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका-५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका-३, गण्डकीढिक स्थायी घर भई रामपुर-५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए ।

रामपुर नगरपालिका-३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर