सार्वजनिक महत्वकाे सूचना जनतालाई दिनुपर्छ: उपराष्ट्रपति (भिडिओ) – Nepal Press

सार्वजनिक महत्वकाे सूचना जनतालाई दिनुपर्छ: उपराष्ट्रपति (भिडिओ)

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताएका हुन् ।

उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने धारणा राखे । त्यस्तै उनले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउन सके सुशासन र असल शासन कायम हुने उल्लेख गरे । उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन नसकिएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।

कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगमा दर्ता भएका सवै निवदेनमाथि सुनुवाई गरेको जानकारी दिनुभयो । नागरिकको सूचनाको हकलाई स्थापीत गराउन आयोग प्रतिवद्ध रहेको उनको भनाइ छ ।

आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको थियो भने बिभिन्न निकायमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर