शृङ्खलाको नजरमा काठमाडौंका उम्मेदवार- स्थापितले जातीय राजनीति गरे, सिर्जनाको बारेमा सुनेकै थिइनँ – Nepal Press

शृङ्खलाको नजरमा काठमाडौंका उम्मेदवार- स्थापितले जातीय राजनीति गरे, सिर्जनाको बारेमा सुनेकै थिइनँ

काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले आसन्न स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरका लागि उम्मेदवार बनेकाहरूको बारेमा टिप्पणी गरेकी छन् ।

उनले नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका केशव स्थापितले जातीय राजनीति गरिरहेको टिप्पणी गरेकी छन् ।

स्थापितले आफूमाथि लागेका आरोपहरूको सही ढगंले प्रष्टीकरण नदिएको खतिवडाको भनाइ छ ।

यसै गरी २५ वर्ष अगाडी स्थापितले केही राम्रो काम गरेको भए पनि अहिले समय परिवर्तन भइसकेको खतिवडाले बताइन् ।

आफ्नो टिममा युवा महिलालाई समावेश गराउनु चाहिँ उनको सबल पक्ष रहेको र शिष्ट तरिकाले आफ्नो एजेण्डालाई जनता सामु पुर्‍याउनबाट केशव स्थापित चुकेको उनको भनाई छ ।

गठबन्धन तर्फबाट मेयर उम्मेदवार रहेकी सिर्जना सिंहलाई भने आफूले पहिला नचिनेको र नसुनेको बताएकी छन् । ‘उम्मेदवारी धेरै पछि आए जस्तो लाग्छ, मैले उहाँको बारेमा त्यति सुनेको र चिनेको छैन’, उनले लेखेकी छन् । यद्यपि उनका चुनावी एजेण्डाहरु भने राम्रो रहेको खतिवडाको भनाई छ ।

खतिवडाले बालेनको बारेमा पनि आफ्नो धारणा राखेकी छन् । बालेनले काठमाडौंको नेवा समुदायको मन जित्नको लागि चुनौती रहेको उनको धारणा रहेको छ ।

स्वतन्त्र उम्मेदवार भएको कारण बालेनले जिते पनि उनलाई आगामी दिनमा नगर सभामा ठुलो चुनौती हुने शृङ्खलाको भनाई छ ।

बालेनले चुनावको लागि पर्याप्त तयारी गरेका छन् वा छैनन् भन्ने विषयमा पनि शङ्का व्यक्त गरेकी छिन् ।

उनले विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बास्कोटालाई भने चलाख , आत्मविश्वासी र राम्रो योजनका साथ मैदानमा उत्रिएकी उम्मेदवारको रूपमा व्याख्या गरेकी छन् ।

बालेन, सिर्जना र समीक्षाले तुलनात्मक रूपमा राम्रो उम्मेदवार रहेको भए पनि केशव स्थापितले बढी भोट ल्याउन सक्ने उनको आकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर