एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा – Nepal Press

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डियाको जोन डीयर  नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।
चन्द्रागिरि हिल्स काठमाडाैंमा एक कार्यक्रमबीच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्सले १५० जना भन्दा बढि कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति रहेको थियो ।
२ दिनसम्म चलेको उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयरसँगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक भएको बताए । नेपालमै रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको उनले दाबी गरे ।
उपाध्यक्ष विवेक दुगड्ले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएकाले देशैभर फैलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताउनु बताए ।
जोन डीयर इण्डीयाका सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठीत र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभि दुगड् ग्रुप सँगको २० औं वर्षसम्मको अनवरत सहयात्रा प्रभावकारी अनि रोमाञ्चक भएको बताए ।
उक्त कार्यक्रममा एमभि दुगड् ग्रुपमा लामो समयदेखि सेवारत कर्मचारीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ठ कर्मचारीहरुलाई पनि अवार्ड वितरण गरि हौसला प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर