इजलासमा एआईजी पोखरेलले भने- मलाई मरेतुल्य बनाइयो – Nepal Press

इजलासमा एआईजी पोखरेलले भने- मलाई मरेतुल्य बनाइयो

काठमाडौं । एआईजी विश्वराज पोखरेलले नेपाल प्रहरीको एइआईजी नियुक्ति प्रकरणमा आफूलाई मरेतुल्य बनाइएको जिकिर गरेका छन् ।

आईजीपी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका एआईजी पोखरेलले इजलाससमक्ष अन्तरिम आदेश नआए आफूलाई अपुरणीय क्षति हुने बताएका हुन् । दुवै पक्षको सुनुवाइपछि पोखरेलले इजलाससमक्ष आफ्नो क्षमता र योग्यताका आधारमा प्रहरी संगठनको नेतृत्व गर्न पाउनुपर्ने जिकिर गरे ।

‘प्रहरीमा भर्ना भएको हरेक अधिकृत आफ्नो क्षमता योग्यताले संगठनको नेतृत्वसम्म पुग्न मेहेनत गरिरहेको हुन्छ । म पनि व्यवसायिक क्षमताको आधारमा प्रहरी संगठनको नेतृत्वमा पुग्दै थिएँ । मैले फुली लगाएको व्यक्तिलाई सिनियर मान्नु मेरा लागि मरेतुल्य हुनेछ श्रीमान्’, इजलासमा पोखरेलले भने ।


प्रतिक्रिया

One thought on “इजलासमा एआईजी पोखरेलले भने- मलाई मरेतुल्य बनाइयो

  1. Nepal Police ma matrai navai purai karmachari tantra ma nai dakxa,yogeya ra sakxam bekti haru ko nispakxa niukti navai vansun ra chakri chaplusi ka aadhar ma rajnaitik niukti,saruwa badhuwa hunu vanekai rajnaitik bikirti ani sidhai dandahita lai prasaya dinu ho tasasrtha tes mamila ma AIG Pokhrel lai pani chutkara dinu mildai tasasrtha ti ra testa bikirtipurna kriyakalap haru lai tatkalai ani dirghakalin rup mai antey garna ka lagi Nepal sarkar,nagrik Samaj tatha sambandhit sarokarwala niyaman nikaya haru ko ghambhir dheyanakrist garaincha na ki singo karmachari tantra ani rajnaitik niukti haru ma prasaya, samrakxan ra badhuwa ka lagi.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर