मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने – Nepal Press

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोनाभाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ ।

मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताइन् ।

उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ । खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर