भोट माग्दै झलनाथले भने- वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’ ल्याउने पार्टीको साँचो उत्तराधिकारी हामी – Nepal Press

भोट माग्दै झलनाथले भने- वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’ ल्याउने पार्टीको साँचो उत्तराधिकारी हामी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारको पालामा वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔंको अवधारणा सारेकाले त्यसको उत्तराधिकारी नेकपा एस नै भएको जिकिर गरेका छन् ।

भिडिओ सन्देशमार्फत भोट माग्दै नेता खनालले भनेका सुरुङ युङ र देशलाई आत्मनिर्भरतातर्फ पहल गर्ने पार्टी पनि नेकपा एस नै भएको दाबी गरे ।

‘कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्षभन्दा माथिकालाई गोली हान्छ भनेर विरोधीले प्रचार गर्ने गर्थे । तर, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था गर्‍यौं, ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई स्थापित गर्‍यौं, आफ्नो गाउँ आफैं बनाऔंको अवधारणा अगाडि ल्यायौं ९ सलाई अघि सार्‍यौं । त्यो अगाडि सार्ने पार्टीको साँचो उत्तराधिकारी नेकपा एस नै हो ‘, भोट माग्दै खनालले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर