कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको सुनमायाको आरोप, उम्मेदवारी रद्द गर्न माग – Nepal Press

कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको सुनमायाको आरोप, उम्मेदवारी रद्द गर्न माग

आफू विगतदेखि नै एमाले भएको र एमालेमै रहने प्रष्टीकरण

काठमाडौं । मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् ।

उनले आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको र कांग्रेसले जबरजस्ती उम्मेदवारी दिन लगाएको बताएकी छन । उनले आफू कांग्रेसको कुनै पनि गतिविधिमा संलग्न भएको पनि जनाएकी छिन् ।

निर्वाचन कार्यालय मकवानपुरगढीमा दर्ता भएको उम्मेदवारी रद्द गर्न चाहेको भन्दै सुनमायाले आफू एमालेको नीति, विचार र सिद्धान्त मान्दै सांगठनिक गतिविधिमा अगाडि बढ्ने जानकारी गराएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर