सशस्त्र प्रहरी बलका डीआईजी पौडेल एआईजीपीमा बढुवा सिफारिस – Nepal Press

सशस्त्र प्रहरी बलका डीआईजी पौडेल एआईजीपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल तर्फका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) नारायणदत्त पौडेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बुधवारको बैठकले उनलाई एआईजीपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालले वैशाख १६ गते सशस्त्र प्रहरीको एआईजीपीमा बढुवाका लागि सूचना जारी गरेको थियो । सशस्त्रमा एआईजीपीको दुई पद खाली भए पनि बढुवा समितिले भने एक पदमा मात्रै बढुवा गरेको छ ।       


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर