दैलेख कांग्रेस प्रदेश सचिव शाही एमाले प्रवेश, नेकपा एसको गाउँ कमिटी एमालेमा समाहित – Nepal Press

दैलेख कांग्रेस प्रदेश सचिव शाही एमाले प्रवेश, नेकपा एसको गाउँ कमिटी एमालेमा समाहित

सुर्खेत । नेपाली कांग्रेस दैलेखका प्रदेश सचिव बमबहादुर शाही नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज आठबीस नगरपालिकाको तिलेपाटामा आयोजना गरिएको चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ का सचिव शाही एमाले प्रवेश गरेका हुन ।

यस्तै आठबीस नगरपालिका ४ मा भएको एक कार्यक्रममा समाजवादीका आठबीस ४ का वडा कमिटी अध्यक्ष तथा खुला सदस्य पदका उम्मेदवार श्यामबहादुर माझी, दलित महिला सदस्यका उम्मेदवार सर्जा विक र महिला सदस्यका उम्मेदवार पाना माझी र एसका नेता वीरेन्द्र कुमार साउद माझी पनि एमालेमा प्रवेश गरेका हुन ।

समाजवादीको ठाँटी काँध गाउँपालिका कमिटी एमालेमा समाहित नेकपा एकीकृत समाजवादी ठाटीकाँध गाउँ कमिटी एमालेमा समाहित भएको छ । एमाले ठाटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमारविक्रम शाही र समाजवादी ठाटीकाँध अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीमा पार्टी एकतासहित समाहित भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर