आजको खेल आगामी प्रतियोगिता लागि सिक्ने मौका हो : मुख्य प्रशिक्षक पुवुदु – Nepal Press

आजको खेल आगामी प्रतियोगिता लागि सिक्ने मौका हो : मुख्य प्रशिक्षक पुवुदु

काठमाडौं । नेपालले अन्तिम खेलमा जित निकाल्दै जिम्बावे ए सँगको टी–२० श्रृङखला बराबरी गरेपछि मुख्य प्रशिक्षक पुवुदु दसानायकेले आजको खेलले आगामी दिनमा आउने महत्त्वपूर्ण खेलहरूका लागि सिक्ने अवसर प्रदान गरेको प्रतिक्रिया दिएका छन् ।

‘ आज हामीले एकदमै कम गल्ती गर्‍यौँ र जिम्बावे ए लाई सुरुवात देखिनै दबाबमा राख्यौँ। मलाई लाग्छ हाम्रो खेलाडीहरूले यो खेलबाट धेरै सिकेका छन्। आउने दिनहरूमा हुने प्रतियोगितामा यो खलले धेरै पाठ सिकाएको छ।’ उनले भने ।

यस्तै, उनले यस्तो प्रकारको सिरिजको धेरै महत्त्वपूर्ण हुने र आजको खेलमा राम्रो गरेको मा खुसी भएको बताएका छन् ।

‘टी २० सिरिजमा सबै जनाले जसरी खेले समग्रमा म धेरै खुसी छु । पहिलो खेलको तुलनामा हामीले राम्रो खेल्यौँ । हामीले सबै खेल्न पाएको भए यो सिरिज उत्कृष्ट हुन्थ्यो । यस्तो प्रकारको सिरिजको धेरै महत्त्व हुन्छ । हाम्रो तर्फबाट जिम्बावे जस्तो टिमसँग खेल्दा कुनै पनि गल्ती गर्न मिल्दैन । यदि हामीले एउटा मात्रै गल्ती गर्‍यौ भने खेल उनीहरूको पक्षमा जान्छ । र,आजको खेल हाम्रो तर्फबाट सबै भन्दा राम्रो उदाहरण हो, उनले थपे ।’

उनले ५० ओभरको खेलमा युवा खेलाडीलाई अवसर दिएका ले अलि चुनौतीपूर्ण हुने भए पनि त्यसबाट धेरै कुरा सिक्नका लागि हुने बताएका छन् ।

‘हामीले आउँदो ५० ओभरको सिरिजका लागि नयाँ खेलाडी प्रयोग गरेका छौँ । म नेपाली युवा टिमलाई अझै राम्रो बनाउन चाहन्छु । यदि कोही घाइते भयो भने हामीसँग ‘ब्याक अप’ योजना पनि हुन्छ । अहिले देखिएका युवा खेलाडी बाट म साँच्चै नै प्रभावित छु । केहीले उनीहरू ट्यालेन्ट छन् । नेपाली खेलाडीले टेस्ट राष्ट्रसँग एक्सपोजर पाउन छन्। ‘एक्सपोजर’ को लायक छन् । सबै कुराहरू योजनाअनुरूप भइरहेका छन् । ५० ओभरको खेल हाम्रो लागि चुनौतीपूर्ण र धेरै सिक्नका लागि हुनेछ, उनले भने ।’

नेपालले शुक्रवार देखि जिम्बावे ए सँगै तीन खेलको एकदिवसिय सिरिज खेल्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर