कैलालीमा एमालेका जिल्ला सदस्य लगायत ७ जनालाई कारबाही – Nepal Press

कैलालीमा एमालेका जिल्ला सदस्य लगायत ७ जनालाई कारबाही

कैलाली । नेकपा एमाले कैलाली जिल्ला सदस्य लगायत ७ जनालाई एमाले कैलालीले कारबाही गरेको छ ।

आगामी स्थानीय तह निर्वाचनमा पार्टीको नीति विपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूलाई कारबाही गरिएको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिए ।

यसरी कारबाही हुनेमा एमाले कैलालीका जिल्ला सदस्य नेत्र मैनाली, जगतराम चौधरी रहेका छन् । मैनाली अखिलको सुदूरपश्चिम अध्यक्ष समेत हुन् ।

त्यस्तै गोदावरी नगर कमिटी उपाध्यक्ष बल बहादुर चौधरी, घोडाघोडी नगर कमिटी सदस्य सञ्जय चौधरी, बर्दगोरिया गाउँ कमिटी सदस्य पदम बुढा थापा, गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष प्रेम भण्डारी र पार्टी सदस्य राम बहादुर मल्ललाई कारबाही गरिएको हो ।

उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जिल्ला सचिव पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर