मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युमन पोखरेल नियुक्त – Nepal Press

मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युमन पोखरेल नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ ।

तीन दशकभन्दा धेरै बैंकिङ क्षेत्रकाे अनुभव रहेका पोखरेलले नबिल बैंक, मेगा बैंकमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७३ गते उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल प्रद्युमन पोखरेल डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका छन् ।

नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा उनी व्यक्तिगततर्फ अत्यधिक मत ल्याई विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर