करण जोहरको चर्चित शो ‘कफी वीथ करण’ बन्द – Nepal Press

करण जोहरको चर्चित शो ‘कफी वीथ करण’ बन्द

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका सुप्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक करण जोहरले १९ वर्षदेखि सञ्चालन गर्दै अाइरहेको बहुचर्चित टेलिभिजन टक शो ‘कफी वीथ करण’ सदाको  बन्द भएको छ ।

जोहरले सामाजिक सञ्जालमार्फत कार्यक्रम  बन्द भएको घोषणा गरेका हुन् ।

स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी वीथ करणको पहिलो एपिसोड प्रिमियर गरेको थियो । करण जोहरले आयोजना गरेका यो शोको सिजन–६ को अन्तिम एपिसोड मार्च १७, २०१९ मा प्रसारित भएको थियो । सिजन–७ मा नव विवाहित रणवीर कपूर र आलिया भट्ट शोमा पहिलो अतिथि हुने अपेक्षा गरिएको थियो । तर, करणको यो ‘महत्त्वपूर्ण घोषणा’ले सबै अनुमानलाई अन्त्य गरिदिएको छ ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ‘कफी वीथ करण मेरो र तपाईँको जीवनको ६ सिजनको महत्त्वपूर्ण हिस्सा बनेको छ। मलाई थाहा छ कि कि हामीले यो शो द्वारा धेरै प्रभाव पारेका छौँ र पप संस्कृतिको इतिहासमा पनि आफ्नो स्थान पाएका छौँ। त्यसैले भारी हृदयका साथ म यो घोषणा गर्छु कि कफी वीथ करण अब फिर्ता हुने छैन ।’

यो घोषणाले कफी वीथ करणका धेरै फ्यानहरूलाई निराश बनाएको छ ।

स्टाटस देखेपछि चर्चित भारतीय–अमेरिकी र्‍यापर राजाकुमारीले पनि ‘द इन्ड अफ द इरा’ भनेर कमेन्ट गरेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर