नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी – Nepal Press

नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको बताएका छन् ।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले बुधबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष ५.८ रहँदा यस वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् ।

उनले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राखे । अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले करिब दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै आयात धान्ने काम रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गरे ।

रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको उनको भनाइ छ ।

‘आयात गरिएका केही सामग्री नेपालमै प्रयोग नहुने अवस्था अहिले पनि देखिएको छ’, गभर्नर अधिकारीले भने, ‘त्यस विषयमा अनुसन्धान आवश्यक रहेको छ ।

उनले सामान नै नआइकन पनि भुक्तानी गरिएको हो कि भन्ने आशंका पनि देखिएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर