निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : महामन्त्री शर्मा – Nepal Press

निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मुख नभएर रुख हेर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस भित्रको अन्तर द्वन्द्वप्रति लक्षित गर्दै भने, ‘कांग्रेस भित्रको गुट उपगुट भन्ने कुरा व्यवस्थापन आवश्यक छ ।त्यसका लागि मुख हैन, रुख हेर्न पर्छ ।’

शर्माले चुनावी तालमेल अहिलेको आवश्यकता रहेकोमा पनि जोड दिए ।

उनले एमालेले एक्लै चुनावमा जाने धम्की दिए पनि राप्रपासँग तालमेल गरेको बताए ।

उनले लोकतन्त्रको न्यायाधीश जनता भएकाले लोकतन्त्रको पक्षमा रहेको दल र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई मत दिई न्याय गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

One thought on “निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : महामन्त्री शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर