ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालयको उद्घाटन – Nepal Press

ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालयको उद्घाटन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालयको उद्घाटन भएको छ । नवनिर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष सिलवालले बीमा क्षेत्रको योगदानलाई सबैबाट कदर गर्ने वातावरण बनाउन धैरै काम गर्न बाँकी रहेको बताए । उनले भने, ‘केही विकृति अन्त्य गर्नुपर्नेछ । कम्पनीहरुको पूँजीको आधार बलियो बनाउने र दाबी भुक्तानीलाई सहज बनाउने काम पनि गर्नु पर्ने अवस्था रहेको छ ।’

नेपालभर सात वटै प्रदेशका ७३ जिल्लामा शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरी जीवन बीमा सेवा प्रदान गरिरहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलस्थित लुम्बिनी प्रादेशिक कार्यालयको भौतिक पूर्वाधार स्तरोन्नति गरेको हो ।

कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित गरी भौतिक पूर्वाधार थप गरिएको छ । उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, उच्च व्यवस्थापनका कर्मचारी, प्रदेश प्रमुख, सञ्चार क्षेत्रका प्रतिनिधि, बुटवल क्षेत्रका बीमित, वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजरलगायत अभिकर्ता तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर