देउवा भरतपुर जाँदै, जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउन पहल गर्ने – Nepal Press

देउवा भरतपुर जाँदै, जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउन पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन बास बस्ने भएका छन् ।

चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् । प्रधानमन्त्री देउवा भरतपुरस्थित होटल सिराइँचुलीमा बस्नेछन् ।

भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा गर्दैछ । सभामा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ ।

‘प्रधानमन्त्री चितवन आउँदा कांग्रेसका असन्तुष्ट नेताहरुलाई एकपटक भेट्ने र सहमतिका लागि अन्तिम प्रयास गर्ने सम्भावना छ’, चितवन कांग्रेसका एक नेताले भने ।

ती नेताका अनुसार प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।

‘चुनावीसभा ११ बजे भनिएको छ । त्यसअघि नै असन्तुष्ट उम्मेदवार र नेतालाई मनाउन सभापतिले निर्णायक पहल लिनुहुनेछ’, ती नेताले भने ।

यअसघि देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण तीन दिन दिचतवन बसेपनि स्वतन्त्र उम्मेदवार पौडेलको उम्मेदवारी फिर्ता गराउन असफल भएका थिए ।


प्रतिक्रिया

One thought on “देउवा भरतपुर जाँदै, जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउन पहल गर्ने

  1. आफ्नो स्वाभिमान र स्वतन्त्रता लाई बचाउंदै मतदाता को स्वतन्त्र अधिकार लाई संरक्षण गर्नु होला जगन्नाथ जी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर