भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन – Nepal Press

भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनका दौरान पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको यो निर्णयले शुभेच्छुक संस्थाहरु नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन प्रभावित हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर