एनभीए क्लब भलिबल लिग : पुरुषतर्फ आर्मी, पुलिस र हेल्प नेपाल विजयी – Nepal Press

एनभीए क्लब भलिबल लिग : पुरुषतर्फ आर्मी, पुलिस र हेल्प नेपाल विजयी

काठमाडौं । एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा विभागीय त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले जित निकालेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मङ्गलवार सम्पन्न पुरुष तर्फको पहिलो खेलमा आर्मीले गलकोट स्पोर्टस क्लबलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । आर्मीको यो लगातार तेस्रो जित हो ।

आर्मीले पहिलो खेलमा एपीएफ र दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । आर्मी शतप्रतिशत जित सहित ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

पुरुष तर्फ भएको दिनको दोस्रो खेलमा हेल्प नेपालले गण्डकी प्रदेशमाथि १३–२५, २७–२५, २८–२६, १४–२५, १५–१३ को नतिजामा जित निकाल्यो ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हेल्प नेपालले दुई खेलबाट ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

मङ्गलवार सम्पन्न पुरुष तर्फका अन्तिम खेलमा पुलिसले ढोरपाटन स्पोर्टस क्लबविरुद्ध २५–११, २५–२०, २५–११ को सहज जित निकाल्यो ।

बुधवार हुने चौथो दिनको खेलमा पुरुष तर्फ तीन र महिला तर्फ दुई खेलहरू हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर